युरोकपमा स्वीजरल्याण्डसंग हंगेरी ३ -१ गोलले पराजित

Posted on: 16 Jun, 2024

असार २, काठमाडौँ । स्वीजरल्याण्डले युरोकप अन्तर्गत विजयी शुरुवात गरेको छ ।

शनिबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो ।

स्वीजरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक एक गोल गरेका थिए । स्वीजरल्याण्डले २ गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो । त्यस्तै हंगेरीले एक गोल खेलको ६६औ मिनेटमा फर्काएको थियो । हंगेरीका लागि बार्नाबास भार्गाले गोल गरेका थिए ।

यो जितपछि स्वीजरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक हसिल गरेको छ । समुह ए मा आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ ।

अब स्वीजरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्याण्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!