एटलान्टाले जित्यो युरोपा लिगको उपाधि

Posted on: 23 May, 2024

जेठ १०, काठमाडौँ । इटालियन क्लब एटलान्टाले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मनी क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो । एटलान्टाको जितमा एडमोला लुकम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औं, २६औ र ७५औं मिनेटमा गोल गरेका थिए ।

एटलान्टाले युरोपा लिगको उपाधि जितेको यो पहिलो पटक हो ।

त्यस्तै यस सिजनमा ५१ खेलमा अपराजित रहेको लिभरकुसेनको यात्रा भने यो हारसँगै रोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!