राप्रपाले भन्यो- कांग्रेस-एमालेबीच संबिधान संशोधन गर्ने सहमति स्वागतयोग्य

Posted on: 02 Jul, 2024

असार १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संबिधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संबिधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका छन् । 


अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडी बढाउछन् भन्ने विषय आफुहरुले नजिक बाट हेर्ने र सोहि अनुसार निर्णय गर्ने उनले बताए ।

उनले आफुहरुले कुनै एजेन्डा बनाएर छलफल नगरेको तर फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!