गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा बहस सकियाे

Posted on: 04 Jul, 2024

असार २०, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएको रिटमा बहस सकिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दाको बहस केही बेर अघि सकिएको हो । न्यायाधीशद्वय अहिले फैसला लेख्न थालेका छन् । सकेसम्म आजै फैसला सुनाउने तयारी भइरहेको बताइएको छ ।

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो ।

कास्कीमा सूर्य दर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!