रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिदै

Posted on: 04 Jul, 2024

असार २०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!