नयाँ गठबन्धनमा सामेल नहुने रास्वपाको निर्णय

Posted on: 02 Jul, 2024

असार १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको हो।


रास्वपा माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गत फागुन २३ गते सहभागी भएको थियो। सोमबार राती कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि नयाँ परिस्थितिबारे छलफल गर्नका लागि रास्वपा बैठक बसेको थियो।

कांग्रेस र एमाले  संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमत भएका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!