मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु

Posted on: 06 Jul, 2024

असार २२, धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलारी गाउँपालिका-८ का  कृष्ण चौधरी रहेको प्रहरीले जनाएको छ |

धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको  से३ प५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!