२४ वर्षीया सुत्केरी महिलाको मृत्यु

Posted on: 09 Oct, 2021

असोज २३, काठमाडौँ | कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ।सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका-९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले शिशु जन्माएपछि उच्च रक्तश्रावका कारण धामीको मृत्युु भएको बताए। महिलाको सालसमेत अड्किएको थियो। उनलाई अक्सिजन सपोर्टमा समेत राखिएको तर बचाउन नसकिएको अस्पतालले जनाएको छ।

धामीबाट जन्मिएको शिशुको अवस्थाभने समान्य रहेको छ। मृतकका आफन्तले भने डाक्टरको लापरबाहीका कारण मृत्यु भएकाले कारबाहीको माग गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!