आज कर्णाली प्रदेश र कैलालीका ९ स्थानीय तहले दिए सार्वजनिक बिदा

Posted on: 09 Aug, 2024

साउन २५, काठमाडौं । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो।

कर्णाली सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको छ।

त्यस्तै,कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अवसरमा ९ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!