देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए ९६८ संक्रमित

Posted on: 07 Jan, 2022

पुस २३, काठमाडौँ | बिहीबारको तुलनामा नेपालमा शुक्रबार झण्डै दोब्बर कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार देशभर ९६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनामा गरिएको परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार भने यसको झण्डै आधा ५४० संक्रमण पुष्टि भएको थियो । शुक्रबार ४ सय बढी संक्रमित थपिएका हुन् । संक्रमितको संख्या दोब्बरले बढे पनि शुक्रबार भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । 

यस्तै, पछिल्लो २४ घण्टामा २६३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त बनेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!