आजदेखि नेपालमा कोरोना खोपको बुस्टर डोज

Posted on: 04 Jan, 2022

पुस २०, काठमाडौँ | आजदेखि नेपालमा पनि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ। कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो।

राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ। मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोध क्षमता कम भएका, क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका, एचआइभी पीडितलगायतलाई बुस्टर खोप लगाइने छ।

यस्तै, चिनियाँ खोप भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई पनि बुस्टर खोप लगाइने छ। लक्षित व्यक्तिहरूले पहिले खोप लगाएको कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन सक्ने पनि मन्त्रालयले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!