पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बढे, एकैदिन ३ लाख ४४ हजारलाई खोप

Posted on: 03 Jan, 2022

पुस १९, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३२६ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनामा कोरोना परीक्षण गरिएको थियो । सोमबार २५५ जना निको भएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ५ हजार ५ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ४४ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल २ करोड ४९ लाख ५८ हजार ४८० मात्रा खोप लगाईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्य पूर्ण खोप लगाउनेहरुको संख्या १ करोड ५ लाख ९७ हजार ७९७ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!