पछिल्लो २४ घण्टामा २६४ जना नयाँ संक्रमित !

Posted on: 14 Dec, 2021

मङ्सिर २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२९ जना र एन्टिजन परिक्षण गर्दा ३५ जना गरि जम्मा २६४ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा ३६२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५९ रहेको छ ।    

पछिल्लो २४ घण्टामा १३ हजार ७०९ जनाको कोरोना परिक्षण गरेका थिए भने २ लाख ३६ हजार ४८२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!