देशभर थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि !

Posted on: 12 Dec, 2021

मङ्सिर २६, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टमा २३४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। त्यस्तै, गत २४ घण्टमा कोरोनाबाट थप एक जनाको मृतयु भएको छ। काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्। जसमध्य, काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित थपिएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!