एमाले अध्यक्ष ओली अस्वस्थ

Posted on: 09 Dec, 2021

मंसिर २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई सामान्य रुघाखोकी लागेको छ। अस्वस्थ भएपछि अध्यक्ष ओली घरमै आराम गरिरहेका छन्।

बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। तर उनी अस्वस्थ भएका कारण आउन सकेनन्। ओलीका प्रेस संयोजक रामशरण बजगाईँले अध्यक्षलाई सामान्य रुघाखोकी लागेकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिए।

एमालेले यही शनिबारदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ। जहाँ विभिन्न १५ वटा एजेण्डा तय गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!