शुक्रबार हलहरूमा ‘छड्के २’ र ‘छक्का पञ्जा ४’

Posted on: 03 Mar, 2023

फागुन १९, काठमाडौँ | शुक्रबारबाट हलहरूमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन्।

निगम श्रेष्ठ निर्देशित फिल्म ‘छड्के २’ र हेमराज बिसी निर्देशित ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका हुन्। दुवै फिल्म चर्चित ब्यानरका हुन्।

‘छड्के २’मा अनमोल केसीको मुख्य अभिनय छ भने ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, बुद्धि तामाङ  र केदार घिमिरे लगायतका चर्चित कलाकारको मुख्य अभिनय छ।

अनमोल र दीपकराजले दुवै फिल्मलाई लिएर शुभकामना व्यक्त गरेका छन्।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!