बलात्कार मुद्दामा सफाइ पाएपछि छुटे पल शाह, रिहालगत्तै काठमाडौँ आउने (फोटोहरु)

Posted on: 27 Feb, 2023

फागुन १५, काठमाडौँ | नाबालिका बलात्कारको मुद्दामा एक वर्षदेखि तनहुँ कारागारबाट छुटेका छन् । आइतबार उच्च अदालत पोखराले उनलाई सफाई दिएपछि आज सोमबार आवश्यक प्रक्रिया मिलाएर कारागारबाट रिहा भएका हुन् ।

आइतबारै रिहा हुनुपर्नेमा प्रक्रिया मिलाउन समय अपुग भएकाले कारागार कार्यालयले उनलाई आज रिहा गरेको हो । उनी रिहा हुन लागेको खबर थाहा पाएर शुभेच्छुक तथा प्रशंसकहरुको तनहुँ कारागार परिसरमा भीड लागेको थियो । अभिनेता समेत रहेका शाह रिहालगत्तै काठमाडौँ आउने बताइएको छ ।


नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको थियो | सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका थिए | न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

गत सालको फागुन ११ गते एक १७ वर्षे नाबालिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै शाहविरुद्ध उजुरी दिएकी थिइन् । साथै ती बालिकाले सोही फागुन १५ गते नवलपुर प्रहरीमा समेत उजुरी दिएकी थिइन् । शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत तनहुँले यसअघि नै उनलाई सफाइ दिइसकेको भएपनि उच्च अदालत पोखरामा समेत मुद्दा विचाराधीन रहेकाले शाह कारागारमै बन्दी जीवन बिताइरहेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!