पोखरा उच्च अदालतले दियो पल शाहलाई सफाइ, भोलि रिहा हुने

Posted on: 26 Feb, 2023

फागुन १४, काठमाडौं | बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको थियो | सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका थिए | न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!