भारतीय अभिनेता सलमान खानको घर बाहिर फायरिङ, घरमै थिए सलमान

Posted on: 14 Apr, 2024

वैशाख २, एजेन्सी । भारतीय अभिनेता सलमान खानको घर बाहिर आज बिहान ५ बजे फायरिङ भएको छ । सलमानको बान्द्रा स्थित ग्यालेक्सी अपार्टमेन्टसंगै २ मोटरसाइकलमा सवार व्यक्तिहरुले ३ राउण्ड फायरिङ गरेका हुन् । 


फायरिङ पछि उनको घरमा सुरक्षा बढाइएको छ । घटनापछि अनुसन्धानको लागि मुम्बई प्रहरीको क्राइम ब्रान्च पुगेको छ । जुन बेला सलमानको घर अगाडी फायरिङ भयो त्यस बेला सलमान आफ्नै घरमा थिए । खानलाई लरेन्स बिश्नोई-गोल्डी बराड ग्याङ्गले ज्यान मार्ने धम्कि दिएको थियो ।

गत बर्ष २०२३ मा पनि सलमान खानलाई एक पत्रमार्फत ज्यान मार्ने धम्कि दिईएको थियो । जसमा लेखिएको थियो कि हाल सिद्धू मूसेवालाको जे हालत भएको छ त्यहि हालत सलमानको पनि हुनेछ । लरेन्स बिश्नोई मार्फत आएको उक्त धम्कीपछि सलमान खानको सुरक्षा बढाईएको थियो । उनलाई महाराष्ट्रको सरकार मार्फत Y+ क्याटगोरीको सुरक्षा छ । 

सलमानको सुरक्षाको लागि अहिले ११ जना जवान हर समय संगै रहन्छन् । जसमध्य एक वा दुई कमान्डो र २ PSO पनि समावेश हुन्छन् । सलमानको गाडीको अगाडी र पछाडी स्कटिङ गर्नको लागि दुई गाडी हुन्छन् । यसका साथै सलमानको गाडी समेत पूर्ण रुपमा बुलेट प्रुफ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!