‘द भ्वाइस अफ नेपाल’: राजु र प्रविशा आउट, उदय र मिलन इन

Posted on: 14 Sep, 2023

भदौ २८, काठमाडौँ |गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नयाँ सिजनमा २ जना कोच हेरफेर गरिएको छ ।

प्रसारणको संघारमा रहेको ५ औँ सिजनमा यसअघिका २ जना कोच हेरफेर गरिएका छन् । आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शोमा गायिका प्रविशा अधिकारी र गायक राजु लामा कोचकारुपमा सहभागि हुने छैनन् ।


शोमा गायक प्रमोद खरेल र राजेशपायल राईले भने निरन्तरता पाएका छन् । खरेल अघिल्ला चार सिजनदेखि निरन्तर कोच रहँदै आएका छन् ।

राजेशपायल भने चौथो सिजनबाट कोचका रुपमा जोडिएका थिए । प्रविशा र राजुको स्थानमा गायिका मिलन नेवार र उदय सोताङ कोचका रुपमा अनुबन्धित भएका छन् ।

‘द भ्वाइस अफ नेपाल’को नयाँ सिजनका लागि प्रायोजकसँग सम्झौता भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!