भोलिबाट सञ्चालनमा आउँदै दीपक–दीपाको फिल्म हल

Posted on: 14 Sep, 2023

भदौ २८, काठमाडौँ | दीपक-दीपाको आइएनआई सिनेमा हल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।

कलाकार दीपकराज गिरीले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका हुन्। बानेश्वरबाट शंखमुल जाने बाटोमा स्थापना भएको हलमा शुक्रबार नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शन हुनेछन्। 

त्यसैगरी हिन्दी फिल्म ‘जवान’ र हलिउड फिल्म ‘द नुन टु’ पनि प्रदर्शनमा आउनेछन्। दीपकराजे लेखेका छन्, ‘तपाईंहरूले घेरै माया गर्नु भएकोले हामी भूँइ मान्छेहरू अन्तत : सिनेमा हलसम्म आइपुगेका छौं।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले सपना पूरा भएको बताइन्। ‘निकै समयदेखिको हाम्रो सपना पूरा भएको छ। सबै दर्शक तथा शुभचिन्तकलाई धन्यवाद,’ दीपाले भनेकी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!