'एक भगवत् गीता'को नाम अब 'एक भागवत र एक गीता' राख्ने सहमति

Posted on: 10 Sep, 2023

भदौ २४, काठमाडौँ | प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवाद सुल्झेको छ । चलचित्र विकास बोर्डमा आयोजित छलफलमा दुवै पक्ष सहमतिमा आएका हुन् ।

निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ । यसअघि चलचित्रका निर्माता सुनीलकुमार थापाले भागवत र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए । बैठकमा विभिन्न वैकल्पिक नामहरूबारे छलफल भएको थयो ।


‘गीता एक प्रेमकथा’, ‘गीता भागवत’ जस्ता थुप्रै नामहरूमा छलफलपछि एक ‘भागवत र एक गीता’ नाममा दुवै पक्ष सहमत भएका हुन् ।

सो नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ । केहीबेरमा सहमतिबारे औपचारिक घोषणा गरिने भएको छ । चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!