खाद्यान्न माग गर्दै ज्ञापनपत्र

Posted on: 21 Nov, 2016

मङ्सिर ६, हुम्ला । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेगका नौ गाविसका प्रतिनिधिले गत वर्ष आफूले पाउनुपर्ने ३१ क्विन्टल चामल प्राप्त नभएको गुनासो गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका छन् । 

मुगुको सिमानामा पर्ने दक्षिणी भेगका ती जनताले गत वर्ष सो कार्यक्रमअन्तर्गत बङ्गलादेशबाट प्राप्त हुनुपर्ने चामल पाएका थिएनन् । गत वर्ष उनीहरुले चार क्विन्टल ३१ केजी चामल मात्रै पाएको बताइएको छ । 

ती जनताले केहीबेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । 

रोडीकोट–४ का कृषक रामबहादुर ऐडी नेतृत्वको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रजिअ डा कृष्णबहादुर घिमिरेले खाद्यान्न ढुवानीका लागि गृह र आपूर्ति मन्त्रालयमा आजै जिप्रकाले पत्राचार गरेको जानकारी दिनुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!