फागुन ८, काठमाडौँ | बैदेशिक रोजगार विभागले रोजगारीको लागि दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति अर्को निर्णय नभएसम्म नगर्ने भएको छ । बैदेशिक रोजगार विभागले सूचना जारि गर्दै उक्त जानकारी दिएको हो ।
बैदेशिक रोजगारीको लागि दुबई र कतार जस्ता मुलुकमा जाने अधिकांश श्रमिकहरु समस्यामा परेको, स्वीकृत मागपत्र बमोजिमको न्युनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम बिहिन भई बस्नुपरेको , अधिकांस श्रमिकहरु धेरै पटक ट्राफिक कारबाहीमा परेको र धेरै जरिबाना समेत तिर्नुपरेको, सम्बन्धित मुलुकको ट्राफिक नियमर सडक अनुशासनको ज्ञान र अनुभावको कमिले गर्दा दुर्घटना समेत हुने गरेको जस्ता समस्याहरु दिनहुँजसो विभागमा उजुरी तथा गुनासा आइरहेकाले यी मुलुकहरुमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकाले अर्को निर्णय नभएसम्म बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!