यी हुन् जसपा विभाजनका लागि आयोग पुगेका ७ सांसद

Posted on: 05 May, 2024

बैशाख २३, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल फुट्ने भएको छ । वरिष्ठ नेता अशोक राई आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् ।

नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको राईनिकट स्रोतले बतायो । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।

प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको जिकिर छ ।

अहिले दल दर्ता प्रक्रिया चलिरहेको सांसद सुशीला श्रेष्ठले बताइन् ।

नयाँ दल दर्ताको निवेदन लिएर यी ७ सांसद आयोग पुगेका छन् ।

१. अशोककुमार राई

२.नवलकिशोर साह

३. रञ्जु ठाकुर

४. हसिना खान

५. वीरेन्द्र महतो

६. सुशीला श्रेष्ठ

७. प्रदीप यादव

यस बिषयमा तपाइको प्रतिक्रिया...!