बैशाख २३, काठमाडौँ । सत्तागठबन्धन घटक जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । कांग्रेसले माधव नेपाललाई अघि सारेर वैकल्पिक समीकरण बनाउन पहल गरिरहेको बेला विभाजन भएको जसपाले एमाले-माओवादी गठबन्धनलाई साथ दिने भएको छ ।
आयोग पुगेका नेता राजेन्द्र श्रेष्ठले विधानविपरीत नेतृत्व चलेकाले आफूहरू छुट्टिएको बताए ।
वरिष्ठ नेता अशोक राई आफ्नो पक्षमा बहुमत भएको दाबीसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि पुगेका छन् ।
नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको राईनिकट स्रोतले बतायो । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।
प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको जिकिर छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!