वैदशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३४ लाख ठग्ने एक व्यक्ति पक्राउ

Posted on: 05 May, 2024

बैशाख २३, काठमाडौँ | वैदशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले यागेश राईलाई पक्राउ गरेको हो । उनले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई बेलायत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

पक्राउ परेका राईविरुद्ध जिला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको एसपी नवराज अधिकारीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!