नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, बेलायतले नेपाली स्वास्थ्यकर्मी लैजाने

Posted on: 22 Aug, 2022

भदौ ६, काठमाडौँ | नेपाल र बेलायतबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउने द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।


समझदारीअनुसार नेपालका स्वास्थ्यकर्मीले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् । बेलायतमा काम गर्दा नेपाली स्वास्थ्यकर्मीकाे सेवा सुविधा बेलायतकै स्वास्थ्यकर्मीकाे बराबर रहने जनाइएकाे छ ।

स्वास्थयकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकएिको निकायको प्रत्यक्ष संलग्नतामा 'जीटूजी' प्रक्रिया बमोजिम हुनेछ । यस्तै नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने कुरा पनि समझदारीपत्रमा उल्लेख छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!