सयौं आर्मी तथा प्रहरीहरु रोजगारको प्रलोभनमा ठगिएर न्यायको लागि श्रम मन्त्रालय पुगेपछि... (भिडियो)

Posted on: 20 Aug, 2022

भदौ ४, काठमाडौँ । वैदेशिक रोजगारको प्रलोभनमा भिजिट भिसामा युएई लागि ठगि गर्ने ठूलो गिरोह बिरुद्ध बिभिन्न निकाय चहारिरहेका युवाहरु न्यायको लागि श्रम मन्त्रालय पुगेका छन् । 


युएईमा भिजिट भिसाको धन्दामा रमाईरहेका दलाल कालिकोटका जय बहादुर बिकको फन्दामा परेको भन्दै पीडितहरुले बिक लगायत उनलाई सहयोग गर्ने गिरोहलाई इन्टरपोल लगाएर भएपनि यथासक्य नेपाल फर्काउन श्रम मन्त्रालयसँग आग्रह गरेका छन् । बिकको नेतृत्वमा भएको भिजिट भिसाको ठगि धन्दामा परेकाहरु मध्ये अधिकांश भुतपुर्व नेपाली सैनिक तथा प्रहरीहरु रहेको पाइएको छ । 

पीडितहरु मध्ये केहि युएईमै पुगेर महिनौं ओभरस्टे  बसेर फर्किएका छन् भने केहिलाई भने ठूलो रकम मागेर फिर्ता नगरेको पाइएको छ । युएईमा आर्म्स गार्डमा काम लगाईदिने भन्दै ठगि भएको पीडितहरुले बताएका छन् । 

यसै विषयमा तयार पारिएको भिडियो तल हेर्न सक्नुहुनेछ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!