योगेन्द्र योगी | असार ३, दोहा | कुवेतमा आममाफी पाएर सेल्टरमा बसेका नेपाली कामदार आज पनि जजिरा एयरको उडान नं जे ९१५४१ बाट १५० जना महिला कामदारहरु नेपाल फिर्ता भएका छन् ।
आममाफीमा सहभागी नेपाली महिलाहरु कुवेतको समय अनुसार बिहान ४ बजे उडेका भने यसअघि पनि जजिरा एयरको तीन जहाज मार्फद नेपाल फर्किएका हुन ।
आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची परराष्ट्रलाई बुझाएको दूतावासले जनाएको थियो ।
यसरी फर्काइने नेपालीहरुको निसुल्क रुपमा स्वास्थ परिक्षण हुने छ भने उडानको पनि निसुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ ।
अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएका थिए ।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!