जेठ २९, काठमाण्डौ । कोभिड १९ का कारण स्वदेश फर्किनु पर्ने अवस्थामा पनि विदेशमा अप्ठ्यारोमा रोकिएकाहरुको उडान सुरु हुने तयारीसँगै मलेसिया स्थित नेपाली दूतावासले प्राथमिकता सूचि सार्वजनिक गरेको छ । दूतावासले तयार पारेको १ हजार ५ जनाको सो सूचिमा विरामी परेर घर फर्किनुपर्नेहरु, श्रम करार सकिएकाहरु लगायत छन् ।
मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १, ४, ६ र ७ गते क्वालालाम्पुरदेखि काठमाण्डौ चार्टर्ड उडान हुने भएको छ । नेपाल सरकारले तोकेको प्राथमिकतामा परेका एक हजार ५ जनाको सूची सार्वजनिक गर्दै दूतावासले स्वदेश फिर्तीको लागि टिकट काट्न सूचना जारी गरेको हो ।
जुन १५ अर्थात असार १ गते नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले पहिलो चार्टर्ड उडान गर्नेछन् । ५२० अमेरिकी डलर अर्थात २२ सय २० मलेसियन रिंगिट भाडा तोकिएको छ ।
यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा परेकाहरुमा सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् । यो लिंकमा क्लिक गरेर पनि थप जानकारी लिन सक्नुहुन्छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!