कोरिया रोजगार: तोडियो कोरियन एयरलाइन्सको एकाधिकार, अब हवाई भाडा सस्तो पर्ने

Posted on: 12 Jul, 2024

असार २८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको हवाई उडानका लागि बोलपत्र आव्हान गरेसँगै कोरिया रोजगारमा जाने कामदारको हवाई भाडा सस्तो पर्ने भएको छ । मन्त्रालय अन्र्तगतको ईपीएस कोरिया शाखाले काठमाडौदेखि कोरियाको सिओलसम्मको हवाई उडानका लागि बोलपत्र आव्हान गरेको हो । 

विगत केही बर्ष देखि कोरियन एयरलाइन्सले मात्रै ईपीएस मार्फत कोरिया जाने श्रमिकलाई लग्दै आईरहेको छ । कोरियन एयरलाइन्ससँगको सम्झौता सकिन लागेपछि श्रममन्त्री डोल प्रसाद अर्यालको विशेष ध्यानाकर्षणमा ईपिएस शाखाले नयाँ बोलपत्र आव्हान हो । शाखाले आर्थिक बर्ष २०८१/८२ देखि एक बर्षसम्मको लागि सिओलसम्म श्रमिक लैजानको लागि बोलपत्र आवह्वान गरेको हो । विद्युतीय माध्यमबाट बोलपत्र आवहन गरेको इपीएस कोरिया शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ । बोलपत्र बापतको शुल्कको लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ । त्यसका लागि ३ करोड ८५ रुपैयाँको धरौटी रकम माग गएिको छ ।

आवेदन दिँदा सीधा उडानको हवाई भाडादर र ट्रान्जिट उडानको भाडादर बराबर हुन आएमा सीधा उडानलाई प्राथमिकदा दिइने । एचआरडी कोरियाबाट उडान तालिकाका लागि नामावली प्राप्त भएका व्यक्तिहरुलाई सम्झौता दरमा नबढ्ने गरी हवाई टिकट (खानासहित) उपलब्ध गराउनुपर्नेछ । 

कोभिड भन्दा पहिला इपिएस मार्फत कोरिया जाने नेपाली श्रमिक ट्रान्जिट भएर पनि कोरिया जान पाउने व्यवस्था थियो । ट्रान्जिट भएर कोरिया जाँदा हवाई टिकटको मूल्य सस्तो थियो । तत्कालिन ५०० देखि ६६५ अमेरिकी डलर हवाई भाडा थियो । तर, कोभिड अवधिमा पहिलो नेपाल र पछि कोरिया सरकारले नेपाली श्रमिक कोरिया जान रोक लगाए । एक समय पछि भने कोरियाले विभिन्न शर्त राखी नेपाली श्रमिक कोरिया लैजान तयार भयो । जसमध्ये नेपाली श्रमिक सिधै उडानबाट कोरिया जानुपर्ने प्रावधान थियो । नेपालबाट कोरियन एयरलाईन्सले मार्फत सिधा उडान भर्ने भएकालेले ईपिएस मार्फत कोरिया जाने श्रमिकसँग कोरियन एयरलाइन्सको विकल्प थिएन । जुन प्रक्रिया हालसम्म पनि चलि रहेको छ । कोरियन एयरलाईन्स मार्फत कोरिया जाँदा प्रति व्यक्ति ८९५ डलर शुल्क असुल्दै आएको छ । 

कोरियन एयरलाईन्स एकाधिर तोडदै श्रमिकलाई सहज र सस्तो सेवा दिन मन्त्रालयले नयाँ आवहान गरेको हो । मन्त्रालयले गरेको निर्णय अनुसार अब देखि कुनै पनि एयरलाइन्सले श्रमिक लैजान पाउने छन् । सिधा वा ट्रान्जिटबाट उडानबाट कुनै पनि एयरलाइन्सले श्रमिक लैजाने पाउने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!