मलेसिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

Posted on: 17 Apr, 2023

बैशाख ४, काठमाडौँ | मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् ।

थापाले कमल चौधरीलाई ‘मलेसिया पठाइदिन्छु तथा राम्रो कम्पनीमा काम लगाइदिन्छु’ भन्दै प्रलोभनमा पारी रकम लिई सम्पर्कविहीन बनेकी थिइन् । वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापालाई पक्राउ गरी उपस्थित गराइदिन हुन पत्राचार गरेको थियो । 

सोही आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले थापालाई सोमबार पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!