नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम

Posted on: 11 Apr, 2022

चैत्र २८, काठमाडौं | नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । कलेजमा इन्जिनियरिङका विभिन्न विधामा पहिलो सेमेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलगायतले अभिमुखरीकरण गरेका हुन् । 

भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल श्रेष्ठ, भाइस प्रिन्सिपल एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर एसोसिएट प्रोफेसर बाबुराम भट्टराईलगायतले अभिमुखीकरण दिएका थिए । त्यसक्रममा परिचयात्मकका साथै कलेजबारे, विद्यार्थीहरूले पढ्नुपर्ने कोर्सबारे जानकारी गराइएको थियो ।

चार वर्षको बीचमा ध्यान दिनुपर्ने विषय, इन्जिनियरिङका भविष्य तथा उपयोगितालगायतका विषयमा पनि विद्यार्थीलाई जानकारी गराइएको थियो । विषय शिक्षकहरूले पनि आ-आफ्ना विद्यार्थीलाई कोर्सका साथै अन्य विविध विषयमा जानकारी दिएका थिए ।

अत्यधिक विद्यार्थी भएका कारण एउटै हलमा कार्यक्रम नगरी फरकफरक विधाका विद्यार्थीलाई फकरफरक ठाउँंमा राखेर कार्यक्रम गरिएको थियो । त्यसअनुसार नौवटा कक्षाकोठामा कार्यक्रम भएको थियो । यसमध्ये सिभिलको तीन समूहमा र कम्प्युटरका दुईवटा समूहमा कार्यक्रम भएको थियो । इन्जिनियरिङमा आर्किटेक्चर पाँंच वर्षे हुन्छ भने बाँंकी सबै चार वर्षे हुन्छ ।  

कलेजमा सिभिल, आर्किटेक्चर, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विधामा पढाइ हुने गर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!