कक्षा १२ को परीक्षाफल : एमालेकी सांसद शान्ता चौधरीले भेटिनन् सिम्बोल नम्बर

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौँ | नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् ।  

गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।

सांसद चौधरीले रिजल्ट आए पनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर जानकारी दिने बताइन् । उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् ।

प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी चौधरीले १८ वर्ष कमलहरी बस्दा पढ्न पाएकी थिइनन् । उनले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!