पाँचथरे साहित्यकार राम प्रसाद चापागाईको सुन्दर गजल

Posted on: 21 Mar, 2019

पाँचथरे साहित्यकार राम प्रसाद चापागाईको समसामयिक विषय माथि सुन्दर गजल

ऊ अँध्यारो कोठामा भोट गनेर आयो

सिपाही भित्र पसेर सलोट गनेर आयो ।


उसका लागि छुट छ जेसुकै गरे पनि

घुसखोरी भण्डारमा नोठ गनेर आयो ।


जस्को हात माथि परेथ्यो उही अहिले

आफ्नै आँगनमा बसी चोट गनेर आयो ।


फुक्लिन पनि सक्छ हजुर कुनै वेला

ऊ तिमीले लगाएको कोट गनेर आयो ।


फैसला हुनेछ अव तिम्रा फिरादहरुको 

श्रेस्तेदारले इज्लासमा मोठ गनेर आयो ।


गन्नेहरु कहाँ कहाँ के के गन्दै गरुन्

रामले भर्खरै तिम्रा खोट गनेर आयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!