कुवेतस्थित नेपाली दूतावासको चेतावनी

Posted on: 25 Jul, 2020

योगेन्द्र योगी | साउन १०, दोहा | कोरोनाका कारण रोजगार गुमाएका वा अलपत्र परेका नेपालीहरूलाई चार्टर्ड विमान मार्फत स्वदेश फिर्ती गराइरहेको बेला कुवेतदेखि काठमाडौँसम्मको चर्को भाडादर हवाई टिकट किनबेचमा अनियमितता भएको तथा बढी भाडा लिएको गुनासो आउन थालेपछि कारवाही गर्ने चेतावनी दिएको छ । 

कुवेतस्थित नेपाली दूतावासका अनुसार हाल केही ट्राभल एजेन्सी कंपनीहरूले उडान कंपनी, उडान मिति र समयबारे कुनै सुनिश्चित जानकारी नै नगराई मनोमानी रूपमा तोकेको भन्दा बढी मूल्यमा हवाई टिकट बेचिरहेको गुनासो आउन थालेको जनाएको छ । 

नेपाल सरकारले कुवेत-काठमाडौं सेक्टरको चार्टर्ड उडानबाट यात्रा गर्ने यात्रुहरूका लागि प्रति व्यक्ति हवाई भाडादर अमेरिकी डलर ४१० (सम्पूर्ण करहरू सहित) तोकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध गरिएको दूतावासले जनाएको छ ।

तोकिएको भन्दा बढि हवाई भाडा असुल नगर्न नगराउन सम्बन्धित सबैलाई सूचित गरिएको जानकारी गराउदै कुवेतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि हवाई टिकट खरिद गर्नुभन्दा अघि सम्बन्धित एयरलाइन्सहरूका आधिकारिक बिक्रेताबाट नेपाल सरकारबाट निर्धारित भाडा दरमा मात्रै टिकट खरिद गर्न दूतावासले अनुरोध गरेको छ । 

यदि कसैले अनाधिकृत तवरबाट तोकिएभन्दा बढि रकममा हवाई टिकट किनबेच गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने दूतावासले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!