टिकट काट्न नसक्ने नेपालीलाई निशुल्क उद्धार गर्ने निर्णय स्वागतयोग्य - एनआरएनए

Posted on: 17 Jul, 2020

योगेन्द्र योगी | साउन २, काठमाडौँ | कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका तथा पैसा नभएर स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णय स्वागतयोग्य रहेको   गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

सरकारले बैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीहरुलाई निशुल्क स्वदेश फर्काउने निर्णयको स्वागत गरेको  एनआरएनए अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

यसैगरि एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालका अनुसार नेपाल सरकारले गरेको यो निर्णयले मध्यपूर्वमा रहेका तथा आफ्नै खर्चमा टिकट काटेर स्वदेश फर्कन नसकेका नेपालीहरुलाई राहत मिलेको बताएका छन् ।

अलपत्र नागरिकलाई फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन्। ।

सरकारले कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्दधन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको थियो ।

स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका नेपालीहरुलाई वैदेशिक रोजगार कोषको रकममार्फद स्वदेश फर्काउने जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!