इजरायलमा फसेका नेपाली विद्यार्थीलाई आज नेपाल ल्याइँदै

Posted on: 12 Oct, 2023

असोज २५, काठमाडौँ | इजरायलमा हमासले गरेको आक्रमणका कारण फसेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ । 

नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् ।

विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने छ ।

निगमको एयरबस ३३० जहाज स्थानीय समयअनुसार आज बिहान ९:१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन्। आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!