ठमेलको एक होटलमा २६ वर्षीया महिला बलात्कृत

Posted on: 08 Jul, 2022

असार २४, काठमाडौं | काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छन् । 

ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । 

काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!