फेसबुकबाट यसरि कमाउन सकिन्छ पैसा, जानी राखौ यस्ता तरिका !

Posted on: 21 Dec, 2016

फेसबुक केका लागि प्रयोग गर्नुहुन्छ ? जवाफमा एकरूपता नहुन सक्छ । कतिका निम्ति यो केवल ‘टाइम पास’ वा ‘मुड फ्रेस’ गर्ने माध्यम हुनसक्छ । कसैले यसलाई साथीभाइ, आफन्तसँग जोड्ने सम्पर्क सूत्रका रूपमा प्रयोग गरेका हुन सक्छन् । जे–जस्तो प्रयोजनका लागि भए पनि फेसबुकमा रमाउनेहरूको संख्या अत्यधिक छ । 

फेसबुकमा समय खर्चने तन्नेरीहरूलाई हेक्का नहुन सक्छ, यसैमार्फत आम्दानी पनि लिन सकिन्छ भन्ने कुरा । फेसबुकलाई केवल रमाइलोका लागि मात्र होइन, अर्थोपार्जनका लागि पनि प्रयोग गर्न सकिन्छ । यसका निम्ति केवल समय र लगाव खर्चिए पुग्छ, रचनात्मक क्षमता र उपभोक्ताको मनोविज्ञानअनुसार आफूलाई प्रस्तुत गर्न सक्ने कला भने हुनुपर्छ । कुनै पनि ब्रान्ड प्रमोसनका लागि सोसल नेटवर्किङ वेबसाइट लोकप्रिय माध्यम बनेको छ । यसमार्फत कुनै पनि उत्पादन वा बान्डको अनलाइन बजार प्रवद्र्धन गर्न सकिन्छ । 

नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने लाखौं मानिस यसमा जोडिएका छन् । नेपालमा मात्र करिब ६० लाख (पछिल्लो तथ्यांक) फेसबुक प्रयोगकर्ता छन् । व्यवसायिक दृष्टिले यो राम्रो प्लेटफर्म हो । त्यसैले हामी फेसबुकको माध्यमबाट आफ्ना उत्पादन लाखौं मानिसमाझ पुर्‍याउन सक्छौं । 

यदि आफ्नो उत्पादन वा व्यापारबाट राम्रो नतिजा हासिल गर्ने हो भने छुट्टै फेसबुक पेज खोल्नुपर्छ र त्यसमार्फत आफ्ना उत्पादनको प्रवद्र्धन गर्न सकिन्छ । व्यवसायिक हिसाबले खोलिएको त्यस्तो एकाउन्टबाट विश्वसनीय र राम्रो सामग्री पोस्ट गर्ने क्रम सुरु. गर्नुपर्छ । यससँगै फेसबुकमा ‘लाइक’ पनि बढाउँदै लानुपर्छ । यो आफ्नो उत्पादनलाई भर्चुअल माध्यमबाट धेरै उपभोक्तामाझ लाने सरल उपाय हो । यसैमार्फत उपभोक्तासँग सोझो अन्तक्र्रियासमेत गर्न सकिन्छ । 

भौतिक माध्यम अपनाएर आफ्नो उत्पादनको बजार प्रवद्र्धन गर्न निकै खर्च लाग्न सक्छ । यसका निम्ति छुट्टै बजेट तयार गर्नुपर्ने हुन्छ, तर फेसबुकमा त्यस्तो समस्या छैन । यो माध्यमबाट नि:शुल्क रूपमै आफ्ना उत्पादनलाई उपभोक्तमाझ पुर्‍याउन सकिन्छ । 

नेटवर्किङ साइटमा आफूले पोस्ट गरेका सामग्रीको तुरुन्तै प्रतिक्रिया प्राप्त गर्न सकिन्छ । प्रयोगकर्ताको भिजिट र कमेन्ट यसका प्रमाण हुन् । यसबाट आफ्नो विज्ञापन एवं उत्पादनलाई कतिले रुचाए भन्ने कुराको निर्क्योल गर्न सकिन्छ । 

अनलाइन प्रोफाइल बनाउने 

सोसल मिडियामार्फत जनसम्पर्क बढाउन, आफ्नो रुचिको क्षेत्रमा जोडिन र सम्भावित रोजगारदातासँग सम्पर्कमा रहन सहज भएको छ, जो दक्षता, सीप र रुचिको जनशक्ति खोजिरहेका छन् । रोजगारी खोज्न होस् वा कुनै कम्पनी, संघसंस्थालाई आवश्यक जनशक्तिको माग गर्न नै, सोसल मिडिया राम्रो माध्यम बनेको छ । 

त्यति मात्र होइन, यसैमार्फत कुन कम्पनीले रोजगारीका लागि आवेदन मागेको छ भन्ने कुरा पनि बुझ्न सकिन्छ । यसरी सोसल मिडियामार्फत रोजगारीका लागि आवेदन माग गर्नुका केही फाइदा छन् । पहिलो कुरा के छ भने यसरी सोसल मिडियामार्फत रोजगारीका लागि आवेदन दिने व्यक्ति सोसल मिडियाको क्षमतासँग राम्रोसँग परिचित छन् । 

हामी अनलाइन प्रोफाइलद्वारा ‘पर्सनल ब्रान्डिङ’ गर्न सक्छौं । आफ्नो छुट्टै साइटमा एक ‘अप टु डेट’ र व्यापक प्रोफाइल तयार गर्नुपर्छ । यो अनलाईन ‘व्यक्तिगत विवरण’ हो । यसमा आफ्नो शैक्षिक योग्यतादेखि रुचि, दक्षता, सीप आदि पनि उल्लेख गर्नुपर्छ । 

यसरी अनलाइन माध्यमबाट व्यक्तिगत विवरण तयार गर्दा के कुरामा ध्यान दिनुपर्छ भने सम्भावित रोजगारदातालाई के सन्देश दिन चाहेको हो ? आफ्नो सौख के हो, कस्तो करियर अँगाल्न चाहना छ ? यसका सम्बन्धमा संक्षिप्तमा आकर्षक ढंगले व्यक्तिगत विवरण राख्नुपर्छ । त्यसपछि कुनै वेबसाइट छनोट गरेर त्यसमा उक्त विवरण राख्नुपर्छ । 

लिंक्डयन

यो विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल नेटवर्किङ वेबसाइट हो । यसले प्रोफेसनल्सहरूलाई रोजगारी खोज्न त सहयोग गर्छ नै, पथप्रदर्शकको काम पनि गर्छ । रोजगारदाता कम्पनीले उपयुक्त उम्मेदवार छनौट गर्न यही वेबसाइट प्रयोग गर्छन् । यो वेबसाइटमार्फत रोजगारदातासँग नेटवर्क बनाउन र त्यससँग जोडिएर छलफल गर्न सकिन्छ । त्यस्तै कुनै कम्पनीका सम्बन्धमा जानकारी लिन सकिन्छ र कुनै कम्पनीको पूर्वकर्मचारीसँग परामर्श लिन सकिन्छ । यसका लागि वेबसाइट डब्लुडब्लुडब्लु डट लिंक्डइन डटकम लगअन गरेर आफ्नो एकाउन्ट बनाउनुपर्छ । 

ट्विटर 

ट्विटरको लोकप्रियताका सम्बन्धमा जोकोही परिचित छन् । यो साइट प्रयोग गरेर अनुभवी व्यक्तिसँग आफ्ना जिज्ञासा मेट्न, टिप्पणी गर्न र रोजगारीको अवसरका सम्बन्धमा जानकारी हासिल गर्न सकिन्छ । 

जानकार एवं अनुभवी व्यक्तिबाट आफूलाई चाहिने टिप्स मिल्न सक्छ । ट्विटरमा एकाउन्ट बनाउँदा आफ्नो युजर नेम प्रोफेसनल हुनुपर्छ । त्यसमा आफ्नो प्रोफेसन, दक्षता, उपलब्धि सबै जानकारी राख्नुपर्छ भने आफ्नो व्यक्तिगत विवरणको लिंक पनि दिनुपर्छ । 

फेसबुक 

फेसबुकमा हामीजस्ता लाखौं मानिस जोडिएका छन् । यसमा सूचना आदानप्रदान गर्नुका साथै आफ्नो जिज्ञासा मेट्न सकिन्छ । 

कतिपय रोजगारदाता कम्पनीले छुट्टै फेसबुक पेज बनाएका छन् । फेसबुकमा कम्पनी वा बिजनेसको पेजबाट त्यससँग सम्बन्धित सूचना हासिल गर्न सकिन्छ । रचनात्मक प्रतिक्रिया र विचारका रूपमा यस्तो पेजमा कमेन्ट पोस्ट गर्न सकिन्छ । ध्यान दिनुपर्ने कुरा के छ भने कमेन्टमा रोजगारी माग्ने वा याचना गर्ने किसिमको सामग्री भने पोस्ट गर्नु हुँदैन । 

ई–बुकबाट कमाइ 

फेसबुककै प्रयोग गरी ई–बुक्सबाट पनि राम्रो कमाइ गर्न सकिन्छ । धेरैजसो ई–बुक्स पैसा कमाउनकै लागि लेखिएको हुन्छ । यसका लागि आफूलाई मन पर्ने विषयमा ई–बुक लेख्न सकिन्छ । यसलाई पीडिएफ फम्र्याटमा रूपान्तरण गरेर प्रकाशित गर्न सकिन्छ । अमेजन डटकममा क्रिएटस्पेसमा सित्तैंमा ई–बुक प्रकाशित गर्न सकिन्छ । त्यसपछि आफ्नो ई–बुकको लिंक फेसबुकमा अपलोड गरेर आय आर्जन गर्न सकिन्छ । साप्ताहिकबाट 


यस बिषयमा तपाइको प्रतिक्रिया...!