गुगलबाट जो-कोहिले पनि यसरी कमाउन सक्छन् पैसा

Posted on: 14 Nov, 2016

कात्तिक २९, काठमाडौँ | तपाइँ धेरैलाई थाहा नहुन सक्छ, इण्टरनेटबाट पनि पैसा कमाउन सकिन्छ । एक रिपोर्टका अनुसार पछिल्लो समय इण्टरनेटमा पैसा कमाउने मानिसहरुको संख्या तिब्र रुपमा बढ्दै गएको छ । इन्टरनेटबाट पैसा कमाउने अरुपनि धेरै तरिका छन् तर बिशेष गरि बिश्वसनीय, भरपर्दो र राम्रो कमाईको लागि धेरैले गुगललाई रोज्ने गरेका छन् । (उदाहरणका लागि यहाँ क्लिक गर्नुहोस)

गुगल एड्सेन्स मार्फत पैसा कमाउने कुरा नेपालीलाई पनि सामान्य लाग्ने गरेका छन् । पछिल्लो समय युटुवमार्फत पैसा कमाउने लहडनै छ त्यसको अलावा ब्लग मार्फत पनि पैसा कमाउन सकिन्छ । गुगल एड्सेन्स संसारकै सबैभन्दा ठूलो र धेरै पैसा दिने अनलाइन एड नेटवर्क मान्ने गरिन्छ । यसको मध्यमबाट  सहजै पैसा कमाउन सकिन्छ । पैसा कति कमाउन सकिन्छ भन्ने कुराको निर्धारण भने तपाइको खुबी र मेहनतमा भर पर्छ । नेपालमै पनि गुगलबाट एकै महिनामा लाखौँ आम्दानी गर्नेहरु छन् । ब्लग चलाएकै भरमा मासिक लाख भन्दा बढी कमाउनेहरु पनि धेरै छन् त्यस्तै युटुवमा भिडियो हालेको भरमा मनग्य आम्दानी गर्नेहरु पनि हजारौंको संख्यामा छन् । 

गुगलमा पैसा कमाउन शुरूमा ब्लग, युटुब च्यानल वा वेबसाइट बनाउनुपर्ने हुन्छ । गुगलको फ्रि ब्लगिङ साइट ब्लगरबाट निशुल्क ब्लग साइट तयार हुन्छ । त्यसपछि तपाइले ब्लगमा तपाइले पोष्ट गरेका सामाग्रीहरु अरुलाई पनि सेयर गर्नु हुन्छ र जानकारीमूलक कुराहरु सेएर गर्नु हुन्छ । त्यसपछि गुगल एकाउण्ट खोलेर विज्ञापनका लागि अप्लाई गरेपछि केहि महिना भित्रै तपाइले गुगलको एडसिन्स एकाउन्ट प्राप्त गर्नुहुन्छ । त्यसपछी उक्त एकाउन्टमार्फत तपाइले कोड पाउनुहुन्छ र अब तपाइको ब्लगमा गुगलले बिज्ञापन देखिन थाल्छ । तपाइको ब्लग अब जति पपुलर बन्छ त्यति नै पैसा कमाउन सकिन्छ । जति धेरै भिजिटर हुन्छन्, त्यति नै धेरै कमाइ हुने सम्भावना हुन्छ । त्यसले तपाइले आफ्नो दैनिक समय यसलाई दिनु भएमा पैसा कमाउन सकिन्छ । बिशेष गरि अंग्रेजीमा पोष्ट गर्नु पर्ने हुन्छ । नेपालीमा पोष्ट गर्दा गुगल एडसिन्सले भाषा सपोर्ट नगर्ने हुनाले पछि एकाउन्ट बन्द हुने समस्या हुन्छ । त्यसैले अंग्रेजीमा मात्र आफ्नो पोष्ट ब्लगमा हालेर सेएर गर्नुहोला । (ब्लग यस्तो हुन्छ- यहाँ क्लिक गर्नुहोस)

तपाईलाई गुगलले बिज्ञापन दिन थालेपछी अब हरेक महिनाको २१ देखि २५ तारिकभित्र तपाईलाई पैसा प्राप्त हुन्छ । तर, पैसा १००$ भन्दा बढी कमाएपछी मात्र गुगलले तपाईलाई पठाउँछ । तपाईंले १ महीनामै १ सय डलरभन्दा बढी कमाउनुभयो भने सोही महीना प्राप्त हुन्छ । अन्यथा जहिले १००$ बढी कमाई हुन्छ त्यस महिनाको मात्र पैसा तपाइले प्राप्त गर्नु हुन्छ । युटुबको पनि पैसा कमाउने तरिका यस्तै हुन्छ तर यसमा चाही आफ्नो भिडियो जति अरुले युटुब मार्फत हेरे त्यसै अनुसार पैसा कमाउन सकिन्छ । ल अब तपाइँ साच्चै गुगलबाट पैसा कमाउन तयार हुनुहुन्छ भने माथिको जानकारी अनुसार कोसिस गर्नुस वा इन्टरनेट वा youtube.com मार्फत 'How to earn money with google' सर्च गरेर आवश्यक जानकारी पढ्नुस । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!