आइफोन १६ सिरिज सार्वजनिक हुँदै, यी हुन् सम्भावित नयाँ फिचरहरू!

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । एप्पलले आइफोन ५ देखि हरेक वर्षको सेप्टेम्बरमा आफ्नो फ्ल्यागशीप आइफोन सार्वजनिक गर्दै आएको छ। त्यसैले सन् २०२४ मा पनि नयाँ सिरिज सार्वजनिक हुने अनुमान छ। तर, कम्पनीले यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। 

कम्पनीले आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गर्ने अनुमान छ।


एप्पलले आइफोन १६ को सिरिजका मोडलमा थुप्रै नयाँ फिचरहरू थप गर्ने अफवाह छ। 

यी हुन् आइफोन १६ मा हुने सम्भावित फिचरहरूः 

  • आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सको डिस्प्ले तुलनात्मक रूपमा ठूलो हुने बताइएको छ। यसको आकार क्रमशः ६.२७ देखि ६.८६ इन्चको हुने अनुमान छ। आइफोन १५ प्रोको डिस्प्ले ६.१ इन्च र आइफोन १५ प्रो म्याक्सको डिस्प्ले ६.७ इन्चको छ। 
  • आइफोन १६ को बेस मोडलहरू, आइफोन १६ र आइफोन १६ प्लसमा भर्टिकल (ठाडो) क्यामेरा हुने अफवाह छ। अर्थात् आइफोन १६ र आइफोन १६ प्लसमा आइफोन ११ मा भएको क्यामेरा लेआउट जस्तै हुने अनुमान छ। 
  • आइफोन १६ को सबै मोडलमा नयाँ ब्याट्री हुने बताइएको छ। आइफोन १६ र आइफोन १६ प्रो म्याक्समा तुलनात्मक रूपमा ठूलो र बढी क्षमताको ब्याट्री हुनेछ। आइफोन १६ प्लसको ब्याट्री क्षमता भने कम हुने अनुमान छ। आइफोन १६ को मोडलहरूमा नयाँ प्रविधिको ब्याट्री नै दिने पनि अनुमान छ। 
  • आइफोन १६ को मोडलहरूमा 'क्याप्चर बटन' पनि समावेश गर्ने अनुमान छ। यो बटनबाट 'जुम इन' र 'जुम आउट' गर्न मिल्छ। यो फोनको दायाँपट्टी हुनेछ। 
  • आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा ४८ मेगापिक्सल अल्ट्रा वाइड क्यामेरा लेन्स हुने अनुमान छ। यो फिचरले गर्दा भिडिओ गुणस्तर थप राम्रो बनाउने अनुमान छ। 
  • आइफोन १६ प्रो म्याक्समा सुपर टेलिफोटो पेरिस्कोप क्यामेरा फिचर हुने अनुमान छ। यो फिचरले गर्दा अप्टिकल जुम क्षमता बढी हुन्छ। 
  • आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सले वाइफाई ७ समर्थन गर्ने अनुमान छ। अर्थात्, वाइफाई छिटो सपोर्ट (समर्थन) गर्नेछ। आइफोन १६ र आइफोन १६ प्लसले भने वाइफाई ६ई समर्थन गर्ने बताइएको छ। 
  • आइफोन १६ सिरिजको सबै मोडलमा नयाँ चिपसेट हुने अनुमान छ। सबै मोडलमा एप्पलको नयाँ जेनेरेसनको ए१८ प्रो चिप हुने अफवाह हो। 
  • आइफोन १६ प्रो र प्रो म्याक्समा क्वालकमको नवीनतम स्नापड्रागन एक्स७५ मोडेम हुने अनुमान छ। यसले गर्दा ५जी डाउनलोड स्पिड छिटो हुन्छ। 
  •  आइफोन १६ प्रो र प्रो म्याक्सले ४० वाटको वायर्ड फास्ट समर्थन गर्नेछ। 
  • आइफोन १६ प्रोको दुवै मोडलको स्टोरेज क्षमता पनि बढी हुने अनुमान छ। अर्थात्, यी मोडलमा २ टिबीसम्मको स्टोरेज बढाउन सकिने अनुमान हो। 
  • आइफोन १६ र आइफोन १६ प्लस दुवैमा ८जिबी र्‍याम क्षमतामा उपलब्ध हुने अफवाह छ। अहिले आइफोन १५ र आइफोन १५ प्लस ६ जिबी र्‍याम क्षमतामा उपलब्ध छ। 
  • आइफोन १६ सिरिजको सबै मोडल नयाँ रंग विकल्पमा समेत उपलब्ध हुने अफवाह छ। आइफोन प्रो र आइफोन १६ प्रो म्याक्स कालो, सेतो वा सिल्भर, ग्रे र रोज रंग विकल्पमा उपलब्ध हुनेछ। आइफोन १६ र आइफोन १६ प्लस भने कालो, हरियो, पिंक (गुलाबी), ब्लू (निलो) र ह्वाइट (सेतो) रंगमा उपलब्ध हुनेछ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!