भदौ १४, काठमाडौँ । डिजिटल वालेट ईसेवाले ‘ईजीलोन’ (EasyLoan) सेवा ल्याएको छ । पहिलो चरणमा इसेवा एजेन्टका लागि उपलब्ध यो सेवाबाट अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ ।
साना व्यवसायीका लागि उपयोगी
व्यवसायको दाैरान दैनिक क्रियाकलापहरूमा आकस्मिक खर्चहरू आउन सक्छन् । त्यस्ता खर्चको व्यवस्थापन गर्न बैंक वा अन्य वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया लामो र झन्झटिलो हुनसक्छ । यस्तो प्रक्रियामा कागजी प्रक्रिया पनि धेरै हुन्छ ।
यस्तै समस्यालाई मध्यनजर गर्दै इसेवाले आफ्ना एजेन्टहरूलाई सरल र छिटो ऋण प्राप्त गर्न सक्ने सुविधाको रुपमा ‘ईजीलोन’ ल्याएको हो । यसले इसेवा एजेन्टहरूलाई झन्झटिलो प्रक्रियाबाट बचाउँदै डिजिटल वालेटमार्फत केही सेकेन्डमै ऋण उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
इसेवा लिमिटेडले नेपालभर डिजिटल भुक्तानीका लागि विभिन्न व्यावसायिक संस्थाहरूलाई इसेवा एजेन्टका रूपमा नियुक्त गरेको छ । नेपालमा हाल यस्ता एजेन्टको सङ्ख्या साढे दुई लाख बढी छ ।
‘ईजीलोन’को सुरुवातसँगै साना व्यवसायीहरूका लागि आकस्मिक कोष जुटाउने एक विकल्प तयार भएको इसेवाले जनाएको छ ।
कस्ता इसेवा एजेन्टले पाउँछन् ऋण ?
‘ईजीलोन’ कसरी प्राप्त गर्ने ?
‘ईजीलोन’ को शुल्क विवरण
यदि आर्थिक कारणले तपाईँको सानोतिनो काम अड्किएको छ भने इसेवाले दिएको यो सुविधाको लागि आवेदन दिई आफ्नो काम पुरा गर्न सक्नुहुन्छ । थप जानकारीको लागी तपाईँले इसेवालाई नै सम्पर्क गर्न सक्नुहुन्छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!