आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 11 Jan, 2024

पुस २६, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यो स्थानीय बजारमा लगातार चौथो दिन मूल्य घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो ।  यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य १४ सय १० रुपैयाँ कायम छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!