आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Posted on: 28 Dec, 2023

पुस १२, काठमाडौं | नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!