आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on: 27 Dec, 2023

पुस ११, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!