नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Posted on: 15 Dec, 2023

मङ्सिर २९, काठमाडौं | नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!