पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, ग्याँस प्रति सिलिन्डर १ हजार ८९५ रुपैयाँमै पाइने

Posted on: 02 Oct, 2023

असोज १५, काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो । 

पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने गरि सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिएको हो । 


नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।

दसैँको मुखमा चर्को मूल्यवृद्धि गरिएपछि उपभोक्ता सरकारप्रति आक्रोशित भएका थिए । मुल्यबृद्धि फिर्ता लिएसंगै खाना पकाउने एलपी ग्यासको मूल्य पुरानै मुल्यमा खरिद गर्न सकिनेछ । मुल्यबृद्धि फिर्ताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्‍को बैठक बोलाएर यसबारे निर्णय गरेका हुन् ।

मुल्यबृद्धि फिर्ता संगै ग्याँसको मूल्य प्रति सिलिन्डर १ हजार ८९५ रुपैयाँ, पेट्रोल १८३ रुपयाँ र डिजेल १७३ रुपैयाँमै खरिद गर्न पाइनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!