घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद–बिक्री?

Posted on: 01 Oct, 2023

असोज १४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघको अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार १३ सय ९५ रुपैयाँ कायम थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!